No ads found for this position

दुनियाँकै ठूलो बैंक डकैती, ट्रकमा भरेर लगिएको थियो २० अर्ब

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १४:२२
No ads found for this position
दुनियाँकै ठूलो बैंक डकैती, ट्रकमा भरेर लगिएको थियो  २० अर्ब
No ads found for this position
एजेन्सी । बैंकबाट लाखौ, करोडौँ रुपैयाँ लुटिएका घटना त हामीले सुनकै छौँ । तर यो दुनियाँमा बैंक लुटपाटको एउटा यस्तो घटना भएको थियो जसलाई बैंक डकैती इतिहासकै सबैभन्दा ठूलो र अनौठो घटना मानिन्छ । रोचक त के भने बैंक लुटपाटको त्यो घटनामा स्वयं उक्त देशका राष्ट्रपतिका छोरा नै संलग्न थिए । उक्त लुटपाटका क्रममा बैंकबाट एक अर्ब डलर अर्थात् एक खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम लुटिएको थियो । सो घटना इराकमा आजभन्दा १७ वर्षअघि भएको थियो । इराकको केन्द्रीय बैंकबाट उक्त रकम लुटिएको थियो । घटना सन् २००३ को मार्च महिनामा भएको हो । त्यतिबेला सद्दाम हुसेन इराकको राष्ट्रपति थिए । त्यतिबेला अमेरिकाले इराकमाथि आक्रमणको तयारी पनि गरिरहेको थियो । त्यसको केही घण्टाअघि सद्दाम हुसेनका छोरा कुसय बग्दादस्थित इराकी केन्द्रीय बैंकमा पुगे र बैंकका प्रमुखलाई एक चिठी थमाए । जसमा लेखिएको थियो, ‘सुरक्षाको कारणले बैंकमा रहेको सबै रकम राष्ट्रपतिले अर्को सुरक्षित ठाउँमा लैजानका लागि आदेश दिनुभएको छ ।’
राष्ट्रपति सद्दाम हुसेनको आदेश नटेर्ने हिम्मत कसको ? राष्ट्रपतिका छोराले नै चिठी लिएर आएपछि बैंकका प्रमुख चुइँक्क बोलेनन् र बैंकमा रहेको सबै नगद रकम लैजाने अनुमति दिए । बैंकमा यतिधेरै रकम थियो कि त्यसलाई लैजानका लागि ट्रकहरुमा लोड गर्नुपरेको थियो । लुटिएको रकमलाई ट्रकमा लोड गर्नका लागि करिब ५ घण्टाको समय लागेको थियो । बैंकमा अझै केही रकम थियो, तर ट्रकमा नअटाएपछि सद्दामका छोराले त्यहीँ छाडिदिए । बैंक डकैतीको बारेमा तबमात्र थाहा भयो जब घटनाको तुरुन्तै पछि अमेरिकी सेनाले इराकमा बमबारी सुरु गर्‍यो । त्यसक्रममा इराकी केन्द्रीय बैंकमाथि पनि अमेरिकी सेनाले कब्जा जमायो । त्यसपछि मात्र थाहा भयो कि बैंकमा रहेको सबै रकम त सद्दाम हुसेनका छोरा कुसयले लगिसकेछन् । त्यसपछि उक्त घटनाको व्यापक छानबिन भयो । सद्दाम हुसेनको महलमा पनि चेकजाँच गरियो । त्यहाँ ठूलो परिमाणका नोटहरु प्राप्त भए। तर ती नोटहरु लुटिएका रकम मध्येका नभइ सद्दाम हुसेनका अर्का छोरा उदयले घरमा जम्मा पारेका नोट थिए । त्यसपछि पनि इराकका विभिन्न ठाउँमा छानविन हुँदा लुटिएको मध्येको केही रकम फेला पर्‍यो । तर बैंकबाट लुटिएको मध्येको अधिकांश रकम फेला परेन ।
प्रकाशित : २०७७ वैशाख २६ गते १४:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI