सावधान ! शौचालयमा मोबाईल प्रयोग गर्नु हुन्छ ??

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १५:०९
सावधान ! शौचालयमा मोबाईल प्रयोग गर्नु हुन्छ ??

केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ ।अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस् हामी मोबाइलको प्रयोग गर्छौ । योसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो । ट्वाइलेटमा मोबाइल लिएर जाने हो भने अत्यधिक धेरै ब्याक्टेरिया हाम्रो मोबाइलमा जोडिनेछन् । ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुन सक्दैनौँ । यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् । झन् सार्वजनिक शौचालयहरुमा जसले मोबाइल प्रयोग गर्छ, उसलाई धेरै समस्या देखिने निश्चित हुन्छ । अर्कोतिर हामीले मोबाइल प्रयोग गरिरहँदा मोबाइल तात्ने भएकाले ब्याक्टेरियाहरुलाई त्यहाँ सहज वातावरण हुन्छ जुन पछि हामीलाई समस्या बन्छन् । त्यसैले ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानी जति सक्दो छिटो छोडेको नै राम्रो हुन्छ ।

प्रकाशित : २०७७ वैशाख २६ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI