काठमाडौं, २६ बैशाख : नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ। नेपालमा भने जम्मा संक्रमितको संख्या १०२ पुगेको छ। त्यसमध्ये २७ जना निको भएर घर फर्किसकेका छन्। प्रदेश नम्वर एकमा ३१, प्रदेश दुईमा ३०, बागमतीमा ७, गण्डकीमा २, प्रदेश पाँचमा २७, सुदुर पश्चिममा ५ जना संक्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रिमत देखिएका छैनन्।
प्रकाशित : २०७७ वैशाख २६ गते १७:१६
No ads found for this position
Facebook Comment