No ads found for this position

कोरोना संक्रमण: ४० लाख बढी संक्रमित, २ लाख ७६ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २७ गते ८:२७
No ads found for this position
कोरोना संक्रमण: ४० लाख बढी संक्रमित, २ लाख ७६ हजारको मृत्यु
No ads found for this position

विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ ।

हालसम्म २१२ देश र दुईटा पानीजहाजका यात्रु गरी विश्वभर ४० लाख १२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको वर्ल्डओमिटरले जनाएको छ। संक्रमितमध्ये १३ लाख ८५ हजार भन्दा धेरै उपचारपछि निको भएका छन्। उपचार गराइरहेका २३ लाख ५१ हजार ४ सय ४१ मध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।

कोरोना महामारीका कारण हालसम्म विश्वभरका दुई लाख ७६ हजार २ सय १६ मानिसको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट विश्वका पाँच हजार ५ सय ५० मानिसको ज्यान गएको छ । कोरोना संक्रमित हुने र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।

अमेरिकामा अहिलेसम्म १३ लाख २१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजार ६ सय १५ को ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो (शुक्रबार) ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६९५ जनामा कोरोना पुष्टि भएको छ । भारतमा अहिलेसम्म एक हजार ९८५ जनाको कोरोनाले ज्यान लिइसकेको । १७ हजार ८८७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित : २०७७ वैशाख २७ गते ८:२७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI