२७ वैशाख । नेपालमा कोरोनाको संक्रमितको संख्या १सय ९ पुगेको छ । कपिलवस्तु पर्सा र उदयपुर जिल्लामा सात जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशि अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कपिलवस्तुका १७ वर्षका एक जना र १८ वर्षका २ जना पुरुषमा तथा उदयपुर भुल्केमा १८ , ४५ र ६५ वर्षिय महिलामा र पर्साका ६२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ वैशाख २७ गते ८:३४
No ads found for this position
Facebook Comment