कार्यविधी भन्दा बाहिर गएर विव्यस गठन गर्न खोज्नु शिक्षा क्षेत्र माथीको हस्तक्षेप : नेविसंघ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २७ गते १५:४७
कार्यविधी भन्दा बाहिर गएर विव्यस गठन गर्न खोज्नु शिक्षा क्षेत्र माथीको हस्तक्षेप : नेविसंघ

अजय पौडेल/वैशाख २७, गैंडाकोट
गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गरेको निर्णयको नेपाल विद्यार्थी संघ नवलपुरले विरोध गर्दै कार्यान्वयन नगर्न माग गरेकोछ । “संघिय शिक्षा ऐनको बर्खिलाप हुने गरि र गैंडाकोट नगर कार्यपालिकाले स्वीकृत गरेको कार्यविधी विपरीत हुनेगरी विधालय व्यवस्थापन समिति गठन प्रक्रियाका लागि गरिएको परिपत्र राजनैतिक पुर्वाग्रह पुर्ण र शिक्षा क्षेत्र माथीको हस्तक्षेप भन्दै नेविसंघ नवलपुर विरोधले विरोध जनाएको छ ।

शनिबार नेबिसंघ जिल्ला अध्यक्ष राजेश पौडेलद्वारा जारी विज्ञप्तिमा संघीय शिक्षा ऐन र नगरपालिकाले बनाएको कार्यविधि विपरीत आएको परिपत्र कार्यान्वयन नगर्न माग गरिएको छ ।

कोरोना भाइरसले देश नै आक्रान्त भैरहेको बेलामा शैक्षिक क्षेत्रमा देखा परेका अन्यौलता समाधान गर्न वैकल्पिक विधि र प्रबिधिको खोजी साथै प्रयोगको लागि आवश्यक कार्य नगरी नगरकार्यपालिकाको २०७५ असार २२ गते सम्पन्न २९ औ नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरेको कार्यबिधिको दफा ५३ मा भएको बिधालय ब्यबस्थापन समितिको गठनको व्यवस्था बिपरित भएको कदमको विरोध गरिएको जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए ।

गैंडाकोट नगरपालिकाको कार्यविधिको दफा ५७ को (ङ) मा भएको व्यवस्था अनुसार नगरसभा सदस्यहरु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य पदमा बस्न नमिल्ने स्पष्ट व्यवस्था हुँदाहुदै सोही कार्यविधि विपरितको निर्णयले लज्जाबोध बनाएको भन्दै सम्वन्धीत निकायलाई उक्त निर्णय नगर्न र नगराउन माग गरिएको छ । विधालय व्यवस्थापन समितिमा बस्न पाउने अभिभावकको हकलाइ बन्चित गरेको प्रति नेबिसंघको आपत्ति रहेको नेविसंघ जिल्ला सचिव सुशील काफ्लेले बताए ।

शिक्षा समितिको बैशाख २४ गतेको निर्णयबमोजिम गरिएको परिपत्र आफैमा लज्जा बोधको बिषय देखिनुका साथै शिक्षा समितिमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको नैतिक जिम्मेवारी ,व्यबहार र चरित्रलाइ घाम जस्तै छर्लङ्ग बनाएको छ” जिल्ला सचिब काफ्लेले भने ।

यसैबीच नगरको शिक्षा समितिले गरेको निर्णयको नेविसंघ गैंडाकोट नगर कार्यसमितिले पनि आपत्ति जनाएको छ । “शिक्षा जस्तो पवित्र क्षेत्रमा पनि नगर निहित स्वार्थमा लागेको देखिन्छ “नेविसंघ नगर अध्यक्ष रमेश कोइरालाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

नगर कार्यपालिकाद्वारा स्वीकृत कार्यबिधिमा भएको व्यवस्था विपरित गरिएको हस्तक्षेप पुर्ण निर्णय र परिपत्रको घोर भत्सर्ना गर्दै शिक्षा समितिको निर्णय तत्काल फिर्ता लिन र शिक्षा क्षेत्रमा देखिएको अन्यौलता हटाउन साथै समस्या समाधान गर्नको लागि नगर अध्यक्ष कोइरालाले माग गर्नुभएको छ । निर्णय फिर्ता नलिए नेबिसंघले आवस्यक कदम चाल्ने चेतावनी दिदै यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : २०७७ वैशाख २७ गते १५:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI