No ads found for this position

उपत्यकाका दुईसहित १४३ कोरोना आशंकित आइसोलेसनमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २७ गते १७:४८
No ads found for this position
उपत्यकाका दुईसहित १४३ कोरोना आशंकित आइसोलेसनमा
No ads found for this position

काठमाडौं, २७ बैशाख । काठमाडौं उपत्यकामा दुईसहित देशभरका १४३ जना कोरोना भाइरसको आशंकित बिरामी आइसोलेसनमा उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गर्दै देशका विभिन्न स्थानका क्वारेन्टाइनमा १४ हजार ५९२ जना रहेको जानकारी दिएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १०९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर–१ मा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।शनिबार सम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश–१ मा ३४ जनामा संक्रमण देखिएको उनले बताए । यस्तै प्रदेश–२ मा ३१ र प्रदेश–५ मा ३० जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा सात, सुदूरपश्चिम प्रदेशमा पाँच र गण्डकी प्रदेशमा दुई जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि देवकोटाले बताएका छन् । हिजो (शुक्रबार) मात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् ।

प्रदेश–१ र प्रदेश–५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तीव्र पारेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३०९ र आरडिटी विधिबाट ५५ हजार ९३० जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रदेश–१ मा ७ हजार ५५, प्रदेश–२ मा ५ हजार ८९० र बागमती प्रदेशमा मा ९ हजार १०५ जनाको आरडिटी परीक्षण भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश–५ मा ६ हजार ६३८, कर्णाली प्रदेशमा ६ हजार १७४ र सूदुरपश्चिममा १४ हजार ६९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ वैशाख २७ गते १७:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI