जसको ओठमाथिको कोठीले पुरुषहरु पागल जस्तै हुन्थे

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २७ गते १८:३०
जसको ओठमाथिको कोठीले पुरुषहरु पागल जस्तै हुन्थे

एजेन्सी । यिनको  बायाँ ओठमाथि कोठी छ । यही कोठी हो जसले उनको ट्रेडमार्क बनायो । आजसम्म सँसारमा यही कोठीको चर्चा चल्न छाडेको छैन । यही कोठीले उनलाई सँसारकै सुन्दर महिला मध्ये बनायो । धेरै पुरुषहरु एकोहोरो प्रेममा पागल जस्तै बने ।

उनी हुन् सुपरमोडल सिन्डी क्राफोर्ड । सँसारकै आकर्षक मानिसको सुचीमा परि नै रहिन् । विश्व चर्चित कम्पनिको उत्पादनमा मोडलिङ गर्ने देखि म्यागजिनको कभर पेजको आकर्षक बनिरहिन् । सिन्डी क्राफोर्डले सँसारका लोकप्रीय म्यागाजिनहरु मध्ये अधिकांशमा कभर तस्बिर दिएकी छिन् । ५ फिट ९ इन्च अग्ली उनी खैरो कपाल र आँखाले झन् आकर्षक देखिन्थिन् । उनले चलचित्रमा पनि भुमिका निभाइन ।

क्राफोर्डले सन् १९८८ को जुलाईमा प्लेब्याइ म्गाजिनमा नग्न तस्बिर सुट गरिन् । उनको माग यति बढ्यो कि प्लेब्वाईले सोही वर्षको अक्टोबरमा पुनः तस्बिर खिचायो ।

२० औं शताब्दीका अत्याधिक कामुक कलाकारहरुको सुचीमा सिन्डी क्राफोर्ड ५ औं नम्बरमा पर्न सफल भइन् । सँसारका सुन्दर महिलाहरुको सुचीमा परिनै रहिन् । क्राफोर्डका दुई सन्तान छन् ।

उनका छोराछोरी दुवै मोडलिङमा सक्रिय छन् । उनको पहिलो विवाह कलाकार रिचार्ड गेरेसँग भयो । ४ वर्षमै सम्बन्ध बिच्छेदपछि उनले मोडल रान्डे गर्बरसँग १९९८ मा विवाह गरेकी थिइन् । ५४ वर्षमा पनि क्राफोर्ड आकर्षक छिन् । उनी अझै विभिन्न कार्यक्रम बनाएर सक्रिय छिन् ।

प्रकाशित : २०७७ वैशाख २७ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI