संसारका अग्ला पुलहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २७ गते २२:२६
संसारका अग्ला पुलहरु

एजेन्सी । भारतको जम्मु कस्मिर राज्यमा बग्ने चिनाव नदीमाथि बनाइएको रेल्वे पुल संसारको सबैभन्दा अग्लो तथा लामो रेल्वे पुल हो । नदीको सतहबाट १ हजार १ सय ७८ फिट माथि निर्माण गरिएको यो पुलको लम्बाइ ४ हजार ३ सय १४ फिट छ ।

यसअघि चीनको हुवेई प्रान्तको बादौन काउन्टीमा सिदु नदीमाथि बनाइएको रेल्वे पुललाई सबैभन्दा अग्लो रेल्वे पुल मानिन्थ्यो जुन १ हजार ६ सय २७ फिट अग्लो थियो ।

पपुवा न्युगिनीको हेजीजियो जर्ज नदीमाथि बनेको पाइपलाइन पुल संसारको सबैभन्दा ठूलो पाइपलाइन पुल मानिन्छ । यो पुल १ हजार ५ सय ४० फिट लामो छ । यो पुलको प्रयोग सवारी साधन आवतजावत गर्न नभै पपुवा न्युगिनीको दक्षिणपूर्वी क्षेत्रमा रहेको मनान्दा टापुबाट खनिज तेल ओसार्न गरिन्छ ।

मेक्सिकोको कोन्कोर्डिया इन्सिनालोआ र पाब्लोनेभोलाई जोड्ने बालुआर्टे पुललाई संसारको सबैभन्दा ठूलो पिलररहित तथा तार प्रयोग गरेर निर्माण गरिएको पुल मानिन्छ । यो पुल १ हजार १ सय २४ मिटर लामो छ । यो पुलबाट सवारी साधन समेत आवतजावत गर्न सक्छन् ।

चीनको ग्विझोउ प्रान्तको बालिङ नदीमा रहेको पुललाई संसारको सबैभन्दा लामो झोलुंगे पुल मानिन्छ । यो पुल १ हजार ८८ मिटर लामो छ । यो पुल सांघाई–कुन्मिङ राजमार्गको महत्त्वपूर्ण पुलसमेत हो । यो नदीको सतहबाट १ हजार २ सय ३० फिट अग्लो छ ।

चीनको हुनान प्रान्तमा निर्माण गरिएको आइझाइ पुललाई संसारको सबैभन्दा ठूलो त्यस्तो पुल मानिन्छ जसले दुई सुरुङलाई एकअर्कासँग जोड्छ । यो पुलको लम्बाइ १ हजार ५ सय ३५ मिटर छ भने उचाइ ३ सय ५० मिटर छ ।

प्रकाशित : २०७७ वैशाख २७ गते २२:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI