खैरहनीमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते ६:११
खैरहनीमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

चितवन ,२८  बैशाख ।
चितवनमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा एक महिलाको हत्या भएको हो ।

बारा जिल्ला स्थायी ठेगाना भई हाल सिमलटाँडीमा डेरा गरि बस्ने बर्ष ३४ की मन्जु अधिकारीको उनकै श्रीमानले हत्या गरेको । ४४ बर्षिय कृष्ण अधिकारीले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको स्थानियले बताएका छन् । शनिबार बेलुका खाना खाने समयमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्या भएकी महिला कान्छी श्रीमती भएको र जेठी श्रीमती अचेत अवस्थामा सोहि घरमा फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । महिलाको शवलाई पोष्टमार्टमको लागि भरतपुर पठाइएको छ भने खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : २०७७ वैशाख २८ गते ६:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI