क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ । के गर्मीसँगै तपाईको अनुहारमा कालो दाग आएर हैरानी दिएको छ ? विभिन्न अनुसन्धान , शोधको आधारमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आधारमा नवलपुर टाईम्सले यहाँ केहि घरेलु उपायहरु प्रस्तुत गरेको छ, जुन तपाईको लागि उपयोगी हुनसक्छ ।
हुन त कतिपयले अनुहारको कालो दाग हटाउनका लागि धेरै किसीमका क्रिम प्रयोग गरेका हुन्छन् । तर होसीयार ! त्यसरी विज्ञापनको आधारमा क्रिम छनौट गर्दा तपाईको छालालाई सुहाउँदो नहुन सक्छ । त्यतिमात्रै होईन कहिलेकाहिँ छाला बिगार्न र थप क्षति पुर्याउन सक्छ । त्यसैले वैज्ञानिकहरूले सुझाव दिएका छन्- सकेसम्म प्रोसेस्ड फूड अभोईड गर्नुहोस् । बरु यसको ठाउँमा हरिया पहेँला ताजा फलफूल, सागपात तरकारी दुधदशी मोही सुप सेवन गर्नुहोस् । साथै यहाँ केहि घरलेु विधी पनि दिइएको छ ।
- दहीमालैक्टिक एसिडको मात्रा भएकाले कालो दाग भएको स्थानमा लगाउनाले दागलाई हटाउन मद्दत गर्छ । सुर्यको किरण र घामका कारण अनुहारमा पर्ने असरलाई दहीको नियमित प्रयोगले दागलाई हटाउन सकिन्छ । दहिलाई कचौरामा राखि औलाको सहाराले मथ्नुहोस् र अनुहारमा लगाएर २० मिनेटमा सफा गर्नुहोस् । यो प्रक्रिया हप्ताको १ वा २ पटक गर्नुहोस् ।
2.बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ । यसको पेस्ट लगाएपछि चर्को घाममा नबस्नुहोस् ।
- दुईचम्चा जौ को पिठोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा नियमित लगाउने गर्नुहोस्।
- काँचोदूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्दा पनि धेरै फाईदा हुन्छ ।
- भान्सामाभइरहने बहुगुणी कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्दापनि अनुहारमा चमक बढी कालो दागहरु क्रमिक रुपमा हट्दै जान्छ ।
- चन्दनपरापूर्व कालदेखि औषधीको रुपमा प्रयोग हुँदै आएको हामीले शास्त्रमा समेत पढेका छौँ । यसले छालालाई एन्टीसेप्टिक औषधिय गुण प्रदान गर्छ । कालो दाग रहेको स्थानमा चन्दनको पाउडरमा गुलाब जल र कागती रस मिसाएर पेस्ट बनाएर लगाउने गर्नाले पनि निकै फाइद हुन्छ ।
- घ्यूकुमारी /एलोभेरामा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ। तर यो लगाएर चर्को घाममा नबस्नुहोस् ।
- बदामलाईरातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन्।
- हरेककोघरमा पाईने तरकारीमध्ये एक हो, आलु । आलुले छालालाई निकै फाईदा गर्छ । यसलाई स्लाइस पारी काट्ने। यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ। अथवा आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ।
- बेसारमाकाँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ।
- पाकेकोमेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ।
- सुन्तलाकोबोक्रा घाममा सुकाएर मिक्स्चरमा पिँधी त्यसको लेप लगाउँदा पनि फाईदा पुग्छ ।
- प्याजकोरसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ। साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।
- भुइँकटहरकोजुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ।
- ओखरलाईकुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस्। यसले छालामा चमक ल्याउँछ।
- तपाईंकोछाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस्। यसले छालाको तेललाई नियन्त्रण गर्छ।
- हरेक रातसुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस्। यसले अनुहारलाई नरम बनाउँछ। यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ।
- केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ।
- अण्डाकोसेतो भागमा मह मिसाएर पेस्ट बनाउने र ब्रसले उक्त पेस्ट दुई तीनपटक लगाएपछि २० मिनेटपछि धुने । यो प्रक्रिया हप्तैपिच्छे गर्दा छालामा सुन्दरता बढ्दै जान्छ ।
- गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ।
- घामलेडढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ।
- ब्राउनसुगर खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ।
- काँक्रोकोपेस्ट, मुल्तानी मिट्टी र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ।
- एकचम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ।
तर अनुहारको छालाको रंगले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा दर्शाउँछ । तसर्थ अनुहारमा फरक किसीमका दागधब्बा आएमा वा दोहोरीएर देखिरहेको अवस्थामा चिकित्सकसँग सल्लाह लिनुहोस् ।
नियमित पर्याप्त पानी पिउने, सकारात्मक सोँच राख्ने, उर्जाशिल बन्ने, अरुलाई सेवा गर्ने, परोपकारी भाव, दान धर्म गर्नाले पनि जस्ता आनीबानीले पनि अनुहारमा खुसी र चमक दिन्छ ।
प्रकाशित : २०७७ वैशाख २८ गते ९:४५
No ads found for this position
Facebook Comment