काठमाडौं, बैशाख २८ । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर सीमा मिचेपछि देशको पूर्ण नक्सा निकालेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्। सीमा मिचिएपछि नेपालमा फेरि आफ्नो पूर्ण नक्साको चर्चा चलेको छ। नेपालले अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा बनाएर सार्वजनिकसम्म गर्न सकेको छैन। पटकपटक नेपालको सीमा मिचेको भारतले अटेर गरेर कुरासम्म नगरी महामारीको मौका छोपी सडक उद्घाटन गरेको आजको नागरिक दैनिकले खवर छापेको छ ।
प्रकाशित : २०७७ वैशाख २८ गते १०:४१
No ads found for this position
Facebook Comment