नेपाली भूभागमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते १३:१४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको भूभागमाथि हुने हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । उनले नेपाली भूभाग लिपुलेकमा भारतले बाटो बनाएको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

महामन्त्री कोइरालाले नेपालको एक इञ्च जग्गा पनि कसैलाई नदिने भन्दै नेपालको जग्गामा भारतले बाटो बनाउन नमिल्ने बताए । “यसबारेमा सरकारले भारत र चीनसँग कुरा गरेर छिटोभन्दा छिटो स्थगन गर्न लाग्नुप¥यो ।” उनले नेपालको भूभागमा हस्तक्षेप चानचुन विषय नभएको भन्दै सरकारलाई संवेदनशील हुन पनि आग्रह गरेका छन् । १२ खरी बाट

 

प्रकाशित : २०७७ वैशाख २८ गते १३:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI