नवलपुरमा पनि नेविसंघको प्रदर्शन : तत्काल कुटनैतिक पहल गर्न सरकारलाई आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते २२:०२
नवलपुरमा पनि नेविसंघको प्रदर्शन : तत्काल कुटनैतिक पहल गर्न सरकारलाई आग्रह

कावासोती । नेपालको भुमि अतिक्रमण गरि भारतले चिनको मानसरोवर जोडने बाटो बनाएको विषयमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भात्री संगठन देशै भरी आन्दोलित भएको छ । भारतको उक्त कदमको विरोध गर्दै आईतवार नेविसंघले नवलपुर लगाएत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । यसै बिच नेविसंघ नवलपुरले पनि आज जिल्ला सदरमुकाम कावासोतिमा भारतको पछिल्लो कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । नेविसंघ नवलपुरका सभापति राजेश पौडेलको नेतृत्वमा सदरमुकाम कावासोतीको सभापति चोक देखि फलफुल चोक सम्म विरोध र्‍याली प्रदर्शन गर्दै फलफुल चोकमा कोण सभा गरि सम्पन्न भएको हो ।

र्‍यालीमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारत तथा सरकार विरोधी नारा लगाईएका थिए । फलफुल चोकमा सम्पन्न कोण सभामा बोल्दै जिल्ला अध्यक्ष पौडेलले भारतले चालेको कदम तत्काल रोक्नका लागी कुटनैतिक पहल गर्न सरकार सँग माग गरेका छ्न । सरकारले तत्काल कुटनैतिक कदम नचाले आफुहरु कडा संघर्षमा उत्रिने बताउदै पौडेल भारतले पनि आफ्नो कदम तत्काल नरोके भारत विरुद्ध पनि आन्दोलन गर्ने पौडेलले बताए । कार्यक्रममा नेविसंघ जिल्ला सभापति राजेश पौडेल , नेविसंघका निवर्तमान केन्द्रिय सदस्यहरु आर सि भट्टराई , गणेश सापकोटा, पुर्व जिल्ला उपाध्यक्ष बद्री सापकोटा , नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल, सचिवहरु सुशील काफ्ले, लेखनाथ दवाडी लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ वैशाख २८ गते २२:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI