No ads found for this position
विद्यार्थीको भोक मेटदै “साथ सबै”को अभियान
NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते २२:१९
No ads found for this position
No ads found for this position
सुदिप चापागाईं/ २८ वैशाख , कावासोती
कोरोना रोकथामको लागि जारी लक डाउनले देश भरिको जनजिवन प्रभावित पारेको छ । यस्को प्रभाव ठुला ठुला व्यवसायिलाइ त पर्यो नै अझै ठुलो प्रभाब भने दैनिक ज्यालादारि गरेर हातमुख जोर्ने विपन्न समुदायमा पर्न पुग्यो । लामो समय थपिएको लक डाउनमा सरकारको तर्फबाट वितरण गरिएको राहत प्रयाप्त भएन । दिनदिनै गरिविमा पिल्सिएका समुदाय चुल्हो कसरि बाल्ने भन्ने सोचाइमा परेका छन । यस्तोमा कावासोतिका युवा हेरेर बसिरहन सकेनन र सुरुवात गरे ‘ साथ सबैको हाम्रो अभियान ‘
“राज्यबाट दिनुपर्ने राहातबाट बन्चित ,बिभिन्न ठाउबाट कावासोति आसपासका क्षेत्रमा बस्दै आइरहेका विद्यार्थीलाई लक्षित गरि उच्च सावधानी अपनाएर हरेक दिन राहात वितरण गर्दै आइरहेका छौ । ”अभियानका संयोजक आर सि भट्टराई बताउनुहुन्छ ।
” सुरुमा हामिले सोच्यौ कावासोति क्षेत्रमा हातमुख जोर्नै गार्हो भएको समुदाय कम होला सोचेका थियौं , तर यहाका विपन्न परिवार र विद्यार्थीको समस्या प्रत्यक्ष देख्यौ तब यो समाज मा केहि योगदान गर्नुपर्छ भन्ने लाग्यो र हामि युवाहरु जम्मा भयौ अनि आफु सक्दो पैसा जम्मा गरेर राहात बितरण गरिरहेका छौ, आईतवार सम्म करिब ६० बिधार्थि लाइ सहयोग गरेका छौ र कहि कतैबाट जानकारि पाउना साथ तत्काल सहयोग मा खटिएका छौ ” भट्टराईले भन्नू भयो
स्थायि घर बुङ्ग्दिकालिबाट कावासोति ८ मा कोठा भाडा लिएर अहिले लुम्बिनि आदर्श डिग्री कलेजमा अध्ययनरत मुना दर्गा भन्छिन ” लक डाउनले गर्दा घर जान सकिन उताबाट आउने पनि कोहि भएन , कोठा भाडामा बसेकि छु , खाने कुरा सकिनै लागेको थियो अब के गर्ने भनेर चिन्तित थिए साथ सबैको आएर सहयोग गर्नुभयो एकदम खुशि छु ।”
राहात पाएपछि अन्य बिधार्थिहरुमा यस्तै खुशि देखिन्थ्यो ।साथ सबैको अभियानले अहिले आवश्यक ठाउमा सहयोग गर्ने र भबिष्यमा आइपर्ने जस्तोसुकै बिपत र सचेतनामुलक कार्यक्रम अगाडि बढाउने बताएको छ । साथ सबैको अभियान समाजसेवा भएकाले जो कोहि पनि सहभागि बन्न सक्ने संयोजक आर सि भट्टराइले बताउनु भयो ।
प्रकाशित : २०७७ वैशाख २८ गते २२:१९
No ads found for this position
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by:
SAROJ BHATTARAI
Facebook Comment