No ads found for this position

निरन्तर खाद्यान्न बाड्दै मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते २३:३१
No ads found for this position
निरन्तर खाद्यान्न बाड्दै मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट
No ads found for this position

नारायण प्रभु/२८ वैशाख, नवलपुर-लकडाउनको समयमा मोनिका श्रेस्ठ मेमोरियल ट्रस्ट नवलपुरले निरन्तर खाद्यान्न वितरण गरिरहेको छ। आईतवार  कावासोती ११ र १२ मा रहेका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ।

दैनिक मजदुरी गरि गुजारा चलाउने दुबै वडाका २५ घरपरिवारलाई  खाद्यान्न वितरण गरेको हो। सेवा नै धर्म हो भन्ने मुल उद्देश्य बोकेको यस संस्थाले गरेको कार्यबाट प्रभावित भएर आजको कार्यक्रमलाई काठमाण्डौ  बनस्थली १६ निवासी राजु श्रेष्ठले ट्रस्टलाई रु.२५००० सहयोग गर्नु भएको छ।

विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ (सबिना) कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो।

ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको छ भने अहिले लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि पनि कावासोति ५,६,र १ नं.वडाका केही स्थानहरुमा बितरण गरिएको उहाँले बताउनु भयो।सरकारले आव्हान गरेको लकडाउनको पालना  गर्दै कावासोती ११ र १२ मा आज बितरण गरिएको  कार्यक्रममा समाजसेवी श्याम श्रेष्ठ, लालचन श्रेष्ठ, नेपाली काङ्ग्रेस वडा नं.११का सभापति राम प्रसाद रिजाल, एम.डि.कंडेल ,गायक राजन गुरुङ, प्रवीण पौडेल, सागर गुरुङ लगाएतको उपस्थिती रहेको थियो।

ट्रस्टको बारेमा जानकारी गराउदै संरक्षक लालचन श्रेष्ठले लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ९८५७०४०८९०मा फोन गरेर सहयोग लिन सकिने जानकारी गराउनु भएको छ।साथै यस संस्थामा सहयोग गर्न चाहनेले पनि उक्त नम्बरमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो।

प्रकाशित : २०७७ वैशाख २८ गते २३:३१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI