No ads found for this position

कोरोना अपडेट: कपिलवस्तुमा १० संक्रमित पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते ९:४४
No ads found for this position
कोरोना अपडेट: कपिलवस्तुमा १० संक्रमित पुष्टि, संक्रमितको संख्या १२० पुग्यो
No ads found for this position

कपिलवस्तुमा १० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० का १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन्। यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन्।

प्रकाशित : २०७७ वैशाख २९ गते ९:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI