No ads found for this position

नवलपुरमा लकडाउन खुकुलो बनाउदै प्रशासन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १०:१७
No ads found for this position
नवलपुरमा लकडाउन खुकुलो बनाउदै प्रशासन
No ads found for this position

रामकुमार श्रेष्ठ, कावासोती

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सूस्ता पूर्वले आइतबार एक सूचना जारी गरी नवलपुरमा लकडाउन केही खुकुलो बनाएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको सूचना अनुसार जिल्लामा कृषि तथा पशुजन्य सेवा तथा सामग्री, स्वास्थ्य सम्बन्धी सेवा तथा सामग्री एवम् जनशिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक विक्रीको अनुमति लिएका पुस्तक पसलहरुले प्रयोग गर्ने ढुवानीका साधनहरु, खाद्यान्न, फलफूल, तरकारी, पानी, दुध, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थहरु र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरणहरु लाने ल्याउने कार्य र निर्माण सामग्रीहरु बोकेका ढुवानीका साधनहरु एवम् एम्बुलेन्स सञ्चालन गर्दा सवारी पास आवश्यक नपर्ने उल्लेख गरिएको छ।

तर त्यस्ता सवारी साधनले प्रवेश गर्दा वा जिल्ला भर ढुवानी सेवा प्रदान गर्दा उक्त सेवा प्रदान गर्ने संस्था वा व्यक्तिको खर्चमा सेवा सञ्चालनमा प्रयोग हुने सवारी साधनहरुलाई निसंक्रमित गरी निसंक्रमित गर्ने सेवा प्रदायकले जारी निस्सा माग भएको वखत सुरक्षाकर्मीलाई उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ। त्यसैगरी अत्याश्यक पर्ने सरकारी कार्यालयले सेवा सञ्चालन गर्दा १ तिहाई मात्र कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने र सो अवधिमा कुन कर्मचारी कति समय देखि कति समय कार्यालयमा रहेन सोही अनुसारको पास सम्बन्धित कार्यालय प्रमुखले उपलब्ध गराउन प्रशासनले निर्देशन गरेको छ।

त्यसैगरी विकास आयोजना र उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई एकै स्थानमा आवास, खानाको व्यवस्था सहित उद्योग तथा विकास आयोजना सञ्चालन गर्नु पर्ने, उद्योग तथा कार्य स्थलदेखि आवाससँग सुरक्षित रुपमा लैजानु पर्ने र नियमित रुपमा उनीहरुको स्वास्थ्य चेकअप गराउनु पर्ने उल्लेख गरिएको छ।

विकास आयोजना सम्बन्धी कार्यसञ्चालन गर्दा बढीमा १० जना र सवारी सधान मर्मत गर्ने वर्कसप, इन्टेरनेट जडान र मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन गर्दा बढीमा ५ जना मात्र राखेर सञ्चालन गर्न पाउने प्रशासनको सूचनामा उल्लेख गरिएको छ। त्यसैगरी विकास निर्माणका लागि आवश्यक पर्ने गिटी, बालुवा, ढुंगा, क्रसर जस्ता सामग्री ढुवानी गर्दा राति ८ बजेदेखि ११ बजेसम्म मात्र ढुवानी गर्न पाउने उल्लेख गरिएको छ।

प्रकाशित : २०७७ वैशाख २९ गते १०:१७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI