No ads found for this position

लकडाउनमा डिसहोम : टेलिभिजनबाटै स्कुलको कक्षादेखि निःशुल्क सेवासम्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १२:४२
No ads found for this position
लकडाउनमा डिसहोम : टेलिभिजनबाटै स्कुलको कक्षादेखि निःशुल्क सेवासम्म
No ads found for this position

काठमाडौं । लकडाउनको समयमा पनि डिसहोमले आफ्नो समस्यामा परेका ग्राहकलाई विभिन्न प्रकारका सेवा  सुविधा दिँदै आएको छ । लकडाउनका कारण घरमा बस्न बाध्य विद्यार्थीदेखि डिसहोमको शुल्क तिर्न नसकेका ग्राहकलाई डिसहोमले विशेष प्राथमिकतामा राखेर अफर र सञ्चार सामग्रीहरू ल्याएको छ ।

डिसहोमले लकडाउनका कारण घरमै बसेका विद्यार्थीहरूका लागि ‘डिसहोम घरमै क्लास’ सञ्चालन गरिरहेको छ । जसलाई धेरै विद्यार्थी तथा अभिभावकले मन पराएको डिसहोमले जनाएको छ ।

डिसहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा गत वैशाख २० गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरू डिसहोमका च्यानलमा प्रशारण भइरहेको छ।

डिसहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं. ११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरू बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म प्रशारण हुने गरेको छ । डिसहोमले कुनै कारणवश यस्ता कक्षा छुट्न गएमा कार्यक्रम रेकर्डमा राखेर पछि हेर्न मिल्ने व्यवस्था पनि गरेको डिसहोममा सेल्स महाप्रवन्धक रमेश सापकोटाले जानकारी दिए ।

‘हामीले घरमा बसेका विद्यार्थीलाई पढ्ने बानी नछुटोस् र लकडाउनलाई उनीहरूले अधिकतम रुपमा सही काममा उपयोग गर्न सकून् भनेर तालिका नै बनाएर कक्षा चलाइरहेका छौं,’ उनले भने,’दक्ष शिक्षकहरूले विद्यार्थीले बुझ्ने गरी कक्षा लिनुहन्छ ।’

डिसहोमले यस्ता कक्षाले आफ्ना ग्राहकका छोराछोरी तथा सन्तानको सिर्जनशीलता र पढ्ने लेख्ने शैलीमा पनि विकास र स्तरवृद्धि हुने विश्वास लिएको छ । यस्तो कक्षालाई धेरै विद्यार्थी र अभिभावकले निकै रुचाएको सापकोटाले बताए ।

‘लकडाउनमा घरभित्रै बसेर पनि अध्ययन गर्न खोज्ने बालबालिकालाई यो निकै महत्वपूर्ण अवसर पनि हो,’ सापकोटा भन्छन्,’विद्यालय नखुलेको समयमा छोराछोरीको पढाइ बिग्रने चिन्तामा रहेका अभिभावकले पनि यसलाई निकै मन पराउनुभएको छ ।’

यति मात्रै हैन, विभिन्न कारण रिचार्ज गर्न नसकेका पुराना ग्राहकहरूलाई डिसहोमले वैशाख २१ गतेदेखि लागू हुनेगरी ३० दिनसम्मका लागि सेवा निःशुल्क गरेको छ ।

सेल्स महाप्रवन्धक सापकोटा

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सेवा दिएको बताएको छ । एक महिनाका लागि सम्पूर्ण २०८ वटै च्यानलहरू निःशुल्क उपलब्ध गराएको महाप्रवन्धक सापकोटाले बताए ।

‘लकडाउनमा समस्या भोगेका र विगत ६ महिनादेखि रिचार्ज गर्न नसकेकाहरूलाई यस्तो सुविधा दिएका हौं,’ उनले भने,’यसबाट धेरैले लाभ लिनुभएको छ ।’

विशेषगरी विपन्न अवस्थामा रहेका ग्राहकले पनि यसबाट लाभ लिन सक्ने भन्दै कम्पनीले सन्तुष्टि व्यक्त गरेको छ । यो सुविधाले लकडाउनको अवधिमा ग्राहकहरूको परिवारसँगको बसाइँलाई रमाइलो बनाउन अझ बढी सहयोग गर्ने डिसहोमको विश्वास छ ।

‘यो समयमा कोरोना रोगबारेको सूचना बढीभन्दा बढी लिन सक्नुपर्छ,’ सापकोटाले भने,’यो अफरले धेरै ग्राहकले लाभ लिन सक्नुभएको छ ।’

डिसहोमसँग नेपालका टिभी सेवा प्रदायकमध्ये सबैभन्दा बढी प्रयोगकर्ताको नेटवर्क छ । भू-उपग्रह (स्याटलाइट)को मध्यमबाट ७७ जिल्ला, सात सय ५३ स्थानीय तहका छ हजार सात सय ४३ वटा वडामा सिग्नलको पहुँचमा ग्राहकहरू छन् ।

कम्पनीले लकडाउनको अवधिमा रिचार्ज गर्न नकसकेका ग्राकहहरूलाई थप १० दिनको क्रेडिट सुविधा दिइरहेको छ । साथै रिचार्ज किन्न नसकेकाहरूलाई आफ्ना सब डिलरहरूमार्फत घरमै रिचार्ज कार्ड पुर्‍याउने व्यवस्था पनि गरेको छ ।

कम्पनीको टोल फ्रि नम्बरमा सम्पर्क गरेर आफ्नो समस्या बताउने ग्राहकलाई टेलिभिजन रिचार्ज गर्न कम्पनीले घरमै रिचार्ज कार्ड पुर्‍याउने सुविधा दिएको हो । यसबाट पनि हजारौं ग्राहकले लाभ लिएका छन् ।अनलाइन खबर बाट

प्रकाशित : २०७७ वैशाख २९ गते १२:४२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI