सप्तरीका १८ वर्षीय युवकलाई कोरोना, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १४:१४
सप्तरीका १८ वर्षीय युवकलाई कोरोना, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

२९ बैशाख । सप्तरीका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सप्तरी डाक्नेश्वरीका १८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनी सप्तरी, डाक्नेश्वरी नगरपालिका– ३ निवासी १८ वर्षीय पुरुष भएको र हालसम्म प्राप्त उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । आज (सोमबार) विहान मात्र कपिलवस्तुका १० जनामा एकैपल्ट कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ वैशाख २९ गते १४:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI