नेविसंघ अध्यक्ष सहित १०० भन्दा धेरै पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १८:०४
नेविसंघ अध्यक्ष सहित १०० भन्दा धेरै पक्राउ

काठमाडौं । भारतले लिपुलेक अतिक्रमण गरेको विरोधमा आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगानासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । माइतीघर बाट सोमबार दिउँसो महामन्त्रीहरु बलदेव तिमिल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई, प्रभात दाहाल, नेविसंघ नेता उत्तम साउँदसहितका १०० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका हुन् । भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यसविरुद्ध व्यापक विरोध भइरहेको छ ।

प्रकाशित : २०७७ वैशाख २९ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI