यी हुन् अनलाइन कक्षा प्रभावकारी बनाउने तरिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते २३:१२
यी हुन् अनलाइन कक्षा प्रभावकारी बनाउने तरिका

२९ वैशाख । लकडाउनका कारण विद्यालयहरू बन्द छन् । र, अनलाइन कक्षामार्फत पठनपाठन अगाडि बढाउन थालिएको छ । पहिलोपटक यस्तो अभ्यास भइरहेकाले नौलो र असहज लाग्नु स्वाभाविकै हो । अनलाइन पठनपाठनलाई प्रभावकारी बनाउने तरिका यी हुन सक्छन् :

  • अनलाइन कक्षाका लागि पहिलो पाइला नै प्रविधिलाई बुझ्नु हो । त्यसैले, शिक्षकले विद्यार्थीसँग भर्चुअल कक्षामा जानुअघि एक्लै त्यसको अभ्यास गर्नुपर्छ । र, आफूभन्दा टाढा रहेका विद्यार्थीलाई कक्षामा एकाग्र बनाउने तरिका प्रयोगमा ल्याउनुपर्छ ।

  • कहिलेकाहीँ प्रविधिले साथ नदिन सक्छ । र, प्राविधिक गडबडीका कारण कक्षा प्रभावित हुन सक्छ । त्यसैले, प्रविधिमा निर्भर कक्षाका लागि ब्याकअप तयार पार्नुहोस् । प्राविधिक समस्या आउन नदिन पहिले नै तयार हुनुहोस् । समस्या आइहाले पनि सहजताका साथ समाधानमा जुट्नुहोस् ।

  • सम्भव भएसम्म भिडियोमार्फत सबै विद्यार्थीसँग संवाद गर्नुहोस् । म्यासेज लेख्नुभन्दा भिडियो संवाद नै प्रभावकारी हुन्छ ।

  • अनलाइन कक्षा नयाँ भएकाले पाठ्यक्रममा विद्यार्थीको ग्रेड कसरी निर्धारण गर्न सकिन्छ भन्नेबारे प्रस्ट हुनुहोस् । -अनलाइन शिक्षार्थी कसरी बन्ने भन्नेबारे विद्यार्थीलाई पर्याप्त मात्रामा बुझाउनुहोस् ।

  • विद्यार्थीमा भएको डर र चिन्ता हटाउँदै कोर्समा केन्द्रित हुन प्रोत्साहित गर्नुहोस् । यो समयमा आफूले गरिरहेको सकारात्मक काम सेयर गर्नुहोस् । विद्यार्थीका लागि शिक्षक सधैँ प्रेरणाको स्रोत हुन्छ । त्यसैले, तपाईंका सकारात्मक काम उनीहरूका लागि पनि पाठ हुन सक्छ ।

  • विद्यार्थीलाई नबुझेका कुरा नहिचकिचाई सोध्न प्रेरित गर्नुहोस् । र, सही अर्थ बुझाउने प्रयास गर्नुहोस् ।

  • विद्यार्थीलाई भइरहेको समस्या पहिचान गर्नुहोस् । र, तिनको समाधानका तरिका सिकाउनुहोस् ।

प्रकाशित : २०७७ वैशाख २९ गते २३:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI