कोराना महामारीको बेवास्ता गर्दै हङकङमा फेरि प्रदर्शन सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते ०:५८
कोराना महामारीको बेवास्ता गर्दै हङकङमा फेरि प्रदर्शन सुरु

एजेन्सी । कोराना महामारीको बेवास्ता गर्दै हङकङका जनता फेरि प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार राती हङकङ शहरमा सयौं जनाले प्रजातान्धिक मूल्य मान्यताको रक्षाका लागि नाराबाजी गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।

चीन विरोधी नाराबाजी गर्ने २ सय बढी प्रदर्शनकारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय मिडियाहरुका अनुसार सबै प्रदर्शनकारीहरुलाई हङकङको मोङकोक जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरु सडक जाम गरेर नाराजुलुस गर्दै चीनविरुद्ध खनिएका थिए । प्रदर्शनका क्रममा केही सवारी साधनमा आगजनी समेत गरिएको जनाइएको छ ।

कोरोना महामारी करिब नियन्त्रणमा आइसकेको हङकङकमा गत हप्तादेखि प्रदर्शनकारीहरु सडकमा देखिन थालेका हुन् ।

चीनको उहानबाट कोरोना महामारी सुरु हुनुअघि हङकङमा प्रदर्शन चलिरहेको थियो । विश्वभर महामारी चर्किएपछि मत्थर भएको सो आन्दोलन फेरि सुरु भएको हो । चीनको नियन्त्रणमा रहेको हङकङमा प्रदर्शनकारीहरुले चीनले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : २०७७ वैशाख ३० गते ०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI