अतिक्रमित भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते ८:०३
अतिक्रमित भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट

भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

रिटमा नेपालले कूटनीतिक वार्ता, संवाद गरेर आफ्नो भूमि तत्काल फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न माग गरिएको छ। अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसी, दीपेन्द्र अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँचवटा मन्त्रालयलाई विपक्षी बनाइएको छ।

रिटमा नेपालले कूटनीतिक वार्ता गरेर यदि भूमि फिर्ता ल्याउन नसक्ने हो भने कब्जा भएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि माग गरिएको छ।

नेपाल र भारत दुवै संयुक्त राष्ट्र संघमा सदस्य भएको र राष्ट्र संघको बडापत्र दुवै देशले पालना गर्नुपर्ने रिटमा उल्लेख गरिएको छ। वर्षौं वर्षदेखि भूमि कब्जा गरेर सडक निर्माण हुँदासम्म नेपाल सरकारले के हेरेर बस्यो भन्ने प्रश्न समेत रिटमा गरिएको छ।

प्रकाशित : २०७७ वैशाख ३० गते ८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI