No ads found for this position

मंगलबार हावा हुरीसहितको वर्षा र चट्याङको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते ८:२३
No ads found for this position
मंगलबार हावा हुरीसहितको वर्षा र चट्याङको सम्भावना
No ads found for this position

मंगलबार हावा हुरीसहितको वर्षा र चट्याङको सम्भावना रहेको  जल तथा मौसम पुर्वानुमान विभागले जनाएको छ। विभागले जारी गरेको तीन दिने मौसम बुलेटिनमा हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको उल्लेख छ। यही कारण देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने विभागले जनाएको छ।

आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। मंगलबार बिहान काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै देशभरका पहाडी भू-भागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। सोही कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने क्रम चलिरहेको हो। यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित : २०७७ वैशाख ३० गते ८:२३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI