भारतः दक्षिण एसियाको पिराहा साँढे

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते १२:०७
भारतः दक्षिण एसियाको पिराहा साँढे

काठमाडौं । भारतसँग सीमा जोडिएका सबै देशसँग भारतको सीमा विवाद छ । खासमा भारतसँग सीमा विवाद कुनै देशले चाहँदैनन् । भारत आफैं अर्कोको सीमा मिच्न जान्छ, अनि सीमा विवाद उत्पन्न हुन्छ । नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बराल भन्छन्, ‘बंगलादेशसँग चाहिँ केही सीप नलागेर भारतले सीमा विवाद मिलायो । बाँकी उसका सँधियार सबैसँग विवाद छ ।

’नेपालको ३७२ बर्गमिटर जमिन त भारतले कालापानी क्षेत्रमै मिचेको छ । यो भनेको काठमाडौं जिल्ला भन्दा अलिकति सानो क्षेत्र हो । अर्थात नेपालको एउटा जिल्ला बराबर भारतले जमिन मिचेको छ । यो जमिन भारतले सन् १९६२ मा चीनसँग सीमा युद्ध हुँदादेखि मिचेको हो । भारतको सीमा विवाद चीनसँग पनि छ ।

भारत दक्षिण एसियाको लागि एक पिरोलिरहने देशका रुपमा स्थापित हुँदै गएको छ । भारतीय सेना कालापानीमा आएर बसेपछि तत्कालीन शासकले हटाउने धेरै चेष्टा गरेनन् । किनभने तत्कालीन राजा महेन्द्रले भारतीय सेनालाई काठमाडौंबाट लखटेका थिए । तराईका विभिन्न जिल्लामा पनि भारतीय सेना बस्थ्यो । सबैतिरबाट भारतलाई लखटेपछि कालापानी क्षेत्रबाट महेन्द्रले पनि हटाउन सकेनन् । हरेक पटकका नेपाली शासकले कालापानी क्षेत्रको कुरा उठाउँदा सत्ता हातबाट फुत्केला भन्ने डरले यस्तो गरेनन् । तर कुनै शासकले पनि पाँच वर्ष शासन गर्न सकेनन् । अर्थात कालापानीको मामिला ननिकाल्दा पनि शासन टिक्छ भन्ने देखिएन । भारतले नेपालबाट धेरै रेमिट्यान्स लैजान्छ । नेपालले सबैभन्दा बढी सामान भारतकै किनेर भारतीयहरुलाई रोजगारी दिलाइदिएका छन् ।

नेपालीले नै भारतको सीको रक्षा पनि गरिदिएका छन् । नेपालीलाई नै भारतीय सीमा सुरक्षाबलले गोली हानेर पनि मार्छ । नेपालमा अस्थिरता पनि भारतकै कारण सिर्जना हुन्छ । नेपालका आतंकवादीलाई पनि भारतले दूधभात खुवाएर राख्छ । बेला बेला नाकाबन्दी पनि गर्छ । नेपाली नेता देखि मुसलमानका अगुवाहरुलाई पनि भारतीय जासुसी संयन्त्रले हत्या गरेको खबर पनि आउने गर्छ । यति गरेर पनि नेपाललाई दुःख दिन भारतले कम गर्दैन । नेपालको भूमि पनि नेपालले नै दाह्रा गाडिरहन्छ । यस्तो नगर्न सचेत गराउँदा पनि भारतले जमिन आफ्नो भएको झुठो दावी पेश गर्छ । भारतले छिमेकका हरेक देशलाई रुवाइरहेको छ । केही समय अघि बंगलादेश गएर भारतीय विदेशमन्त्री एस जयशंकरले ‘भारतले बंगलादेशलाई हानी गर्ने छैन’ भनेर वाचा गरेर फर्के ।

भारतको छवि मालदिभ्समा उस्तै खराब छ । भुटानको त सम्प्रभूता नै खोसेर राखेको छ । श्रीलंकामा त्यो हदसम्म गृहयुद्ध भारतकै कारण मच्चिएको थियो । पाकिस्तानको भन्नै परेन । अफगानिस्तानदेखि बर्मासम्ममा भारतको साँढेप्रवृत्ति देखिन्छ ।
समाचार टिप्पणी

प्रकाशित : २०७७ वैशाख ३० गते १२:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI