सोमबारदेखि सम्पर्कविहीन प्रहरी जवान मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते १२:२२
सोमबारदेखि सम्पर्कविहीन प्रहरी जवान मृत फेला

पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतअवस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ।

जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताउनुभयो । प्रहरी जवान खड्का सुर्खेतकै रानीबासनिवासी हुनुहुन्छ। गोरखापत्रबाट

प्रकाशित : २०७७ वैशाख ३० गते १२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI