आज मात्रै ५७ नयाँ कोरोना संक्रमित , संक्रमितको संख्या १ सय ९१ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते १३:१६
आज मात्रै ५७ नयाँ कोरोना संक्रमित , संक्रमितको संख्या १ सय ९१ पुग्यो

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् ।

त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यो सँगै संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रकाशित : २०७७ वैशाख ३० गते १३:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI