No ads found for this position

प्रहरीको हस्तक्षेपले पनि रोकेन नेविसंघ र तरुण दल नवलपुरको राकें जुलुस र प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते २२:१३
No ads found for this position
प्रहरीको हस्तक्षेपले पनि रोकेन नेविसंघ र तरुण दल नवलपुरको राकें जुलुस र प्रदर्शन
No ads found for this position

सुजनअधिकारी/सुदिप चापागाईं

नवलपुर/वैशाख ३०

भारतले चीनको मानसरोवर जोडने मार्गको उदघाटन गरे पछि यति बेला नेपाली काङ्ग्रेसको भातृ संगठनहरु देशै भरी विरोध प्रदर्शनमा उत्रिएका छन । यसै बिच नेवि संघ र तरुण दल नवलपुरले पनि जिल्ला सदरमुकाम कावासोती र गैंडाकोटमा भारतको हेपाहा प्रवृत्ति विरुद्ध मसाल जुलुस सहित प्रदर्शन गरेका छन ।

जिल्ला सदरमुकाम कावासोतिको इन्द्र चोकबाट सुरु भएको जुलुस थाना चोकमा पुगेर कोण सभामा गर्दै विसर्जन भएको थियो ।

कोण सभामा बोल्दै नेवि संघ पुर्व केन्द्रीय सदस्य आर सि भट्टराईले भने शरिरमा एक थोपा रगत रहुन्जेल भारत विरुद्ध लडिरहने छौ, सिमा मिचिएको विषयमा तत्काल कुटनितिक पहल चाल्न सरकारलाइ आग्रह छ ।

कोण सभामा तरुण दल नेपाल नवलपुरका उपाध्यक्ष मिन घले ले सम्बोधन गर्दै ‘ सरकार लाई मिचिएको भुभाग फिर्ता ल्याएर आफ्नो राष्ट्र प्रेम देखाउने सुनौको अवसर भएको हुदा मुकदर्शक नबनि सिमा बिबाद समाधानमा तत्काल कदम चाल्न आग्रह गरे । नेपाल तरुण दल नवलपुरका क्षेत्रीय सभापति राजन सुबेदिले सहजिकरण गरेको कोण बिसर्जन कार्यक्रममा प्रहरिले हस्तक्षप गर्न खोजेपछि आन्दोलन कारि र प्रहरिबिच केहि धक्का धक्कि समेत भएको थियो ।

मंगलवार साँझ गैंडाकोट नगरपालिका परिसर बाट काङ्ग्रेस चोक सम्म बिरोध स्वरुप राँके जुलुस निकालिएको मा केही बेर प्रदर्सन र नारावाजी सहित कोणसभामा परिणत भएको थियो ।

जुलुसमा सहभागीभएका हरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, भारतीय हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाएका थिए ।

राँके जुलुस र नाराबाजी सहित नगरपालिका बाट निस्कियको समूह निर्वाद रुप मा गैंडाकोट कै काङ्ग्रेस चोक मा पुगे पछि प्रहरी आइपुगेको थियो, प्रहरीले जुलुस लाई तितरबितर पार्नका लागि हस्तक्षेप गर्ने कोशिश गरेपनी जुलुसले कोणसभा समेत गर्न सफल भयो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ नवलपुर अध्यक्ष राजेश पौडेलले “आन्दोलनलाई ओलि सरकारले नदेखेको झै गरे त्यस्को परिणाम राम्रो नहुने चेतावनी चेतावनी दिएका छन् ।

सोही सभालाई सम्बोधन गर्दै नेपाल तरुण दल नवलपुर जिल्ला सचिब गोपाल सापकोटाले “सरकारले मन परी तन्त्र लाद्न खोजेको मा नेपाल तरुण दल सहेर नबस्ने बताए ।

राँके जुलुस पछि को कोणसभामा नेपाली काङ्ग्रेस कै अर्को भातृ संगठन नेपाल महिला संघ र नेपाली काङ्ग्रेस का जिल्ला नेताकार्यकर्ता को बाक्लो उपस्थित रहेको थियो । नेपाल विद्यार्थी संघ नवलपुर जिल्ला सचीव सुशील काफ्ले को सहजीकरण मा उक्त प्रदर्शन एवं कोणसभा सम्पन्न भएको थियोे ।

प्रकाशित : २०७७ वैशाख ३० गते २२:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI