No ads found for this position

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभाबित हुने दोस्रो राष्ट्र रूस

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३१ गते ९:०७
No ads found for this position
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभाबित हुने दोस्रो राष्ट्र रूस
No ads found for this position

अमेरिकापछि रुस कोभिड–१९ को संक्रमणबाट दोस्रो सबैभन्दा बढी प्रभाबित राष्ट्र बनेको छ । रुसमा बुधबार बिहानसम्म दुई लाख ३२ हजार २४३ जना संक्रमितको पुष्टि भएको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बुधबारसम्म विश्वब्यापी संक्रमितको संख्या ४२ लाख ५९ हजार २५५ पुगेको छ । रुसमा पछिल्लो २४ घण्टामा दश हजार ८९९ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा सबैभन्दा बढी १३ लाख ६९ हजार ३८६ जना संक्रमित छन् । रुसमा भने पछिल्लो दश दिन यता लगातार दश हजार नयाँ संक्रमित दैनिक थपिदा बढी संक्रमित राष्ट्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।
स्पेनमा दुई लाख २८ हजार ३० जना संक्रमित छन् । बेलायतमा दुई लाख २७ हजार ७४१ र इटालीमा दुई लाख २१ हजार २१६ जनामा संक्रमणको पुष्टि भएको छ । रुसबाहेक बेलायत र इटालीमा मृतकको संख्या ३० हजारभन्दा बढी छन् । अमेरिकामा ८२ हजार ३३९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । फ्रान्स र स्पेनमा मृतकको संख्या २६ हजार नाघेको छ ।
यद्दपी यूरोपेली राष्ट्रहरुको अपेक्षा रुसमा संक्रमितको मृत्यु दर थोरै पाइएको छ । रुसमा बुधबारसम्म दुई हजार ११६ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेश्कोभमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल मिशुस्टिनपछि कोभिड–१९ बाट संक्रमित भएको उहाँ दोस्रो उच्च तप्काका व्यक्ति हुनुहुन्छ ।
मंगलबार मात्रै राष्ट्रपति पुटिनले लकडाउन खुकुलो बनाउन क्षेत्रलाई स्वतन्त्रता दिनुभएको थियो। गोरखापत्रबाट

प्रकाशित : २०७७ वैशाख ३१ गते ९:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI