नेविसंघ र तरुण दलद्वारा भारतिय हस्तक्षेप र अतिक्रमणको बिरोधमा देवचुलीमा प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३१ गते १६:५४
नेविसंघ र तरुण दलद्वारा भारतिय हस्तक्षेप र अतिक्रमणको बिरोधमा देवचुलीमा प्रदर्शन

होमनाथ पौडेल, ३१ वैशाख, देवचुली ।
नेविसंघ र तरुण दल देवचुली नगरपालिकाको सहकार्यमा भारतिय हस्तक्षेप र अतिक्रमणको बिरोधमा देवचुली १३ दलदलेमा विरोध सभा सम्पन्न भएको छ। स्वतस्फूर्त रुपमा नेवि संघ, तरुण दल र नेपाली काँग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा ‘भारतीय विस्तारवाद मुर्दावाद, सिमा रक्षाका लागी कुटनितिक पहल गर, हाम्रो नेपाल हाम्रो देश प्राणभन्दा प्यारो छ, सिमा अतिक्रमण बन्द गर’ लगाएतका नारा लगाउदै प्लेकार्ड प्रदर्शन गरिएको थियो।

अप्-राहान्न ४ बजे सुरु भएको कार्यक्रमले १ घण्टा भन्दा बढी निरन्तरता पाएको थियो। कोरोनाको संक्रमण बढ्दै गरेको विकराल अवस्थामा समेत सामाजिक दुरी कायम नगरिएको र आवश्यक सुरक्षाका उपाय अवलम्बन नगरिएकोमा भने स्थानीयले त्रास व्यक्त गरेका थिए।

कार्यक्रममा नेविसंघ नवलपुरका सभापति राजेश पौडेल , नेविसंघका पुर्व केन्द्रिय सदस्यहरु अशोक बस्ताकोटी, आर सि भट्टराई , गणेश सापकोटा गोकुल सापकोटा तरुणदल देवचुली सभापति बाबुराम घिमिरे लगाएतका जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ वैशाख ३१ गते १६:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI