नेपालमा थपिए कोरोनाका २४ जना बिरामी, जम्मा संक्रमित २४३

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३१ गते २०:१४
नेपालमा थपिए कोरोनाका २४ जना बिरामी, जम्मा संक्रमित २४३

काठमाडौं : नेपालमा बुधबार फेरि २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा जम्मा संक्रमितको संख्या २४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका  अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन्।

अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो। त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिला र पश्चिम नवलपरासीका ३६ वर्षीया पुरुष मा पनि कोरोना देखिएको छ।

प्रकाशित : २०७७ वैशाख ३१ गते २०:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI