हुप्सेकाेट गाउँपालिकाकाे पाँचौं गाउँसभा ३ कराेड ३० लाख बजेट संसाेधन सहित सम्पन्न ।

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते ७:५५
हुप्सेकाेट गाउँपालिकाकाे पाँचौं गाउँसभा ३ कराेड ३० लाख बजेट संसाेधन सहित सम्पन्न ।

शालिकराम कोईराला

जेठ ०१ नवलपुर
हुप्सेकाेट गाउँपालिकाकाे पाँचाैं गाउँसभा बुधबार ३ कराेड ३० लाख ६ सय १४ रूपैयाँकाे संसाेधन बजेट सर्बसम्मत रूपमा पास गर्दै सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेकाे अध्यक्षतामा बसेकाे सभाले दुई वटा सार्बजनिक महत्वकाे प्रस्ताव र दुईवटा विधेयक समेत सर्वसम्मत रूपमा पास गरेकाे छ ।

२०७६ साल पुस २८ गतेलाई ताेकिएकाे गाउँसभा पालिकामा बिषम परिस्थिति सृजना भएका कारण ४ महिना पछि सम्पन्न भएकाे हाे । विश्वब्यापी रूपमा देखा परेकाे काेराेना माहामारीले मूलुक लकडाउन हुँदा पनि गाउँसभा अायाेजना गरिएकाे हाे । गाउँसभा गर्नै पर्ने अवस्थाका कारण स्वास्थ्य सतर्कता अपनाएरै भएपनि सभा अायोजना गरिएकाे अध्यक्ष पाण्डेले जानकारी गराईन् ।

सभामा प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले समयमै सम्पन्न गर्न नसकिने भनिएका कार्यक्रम कटौती गरि साे बजेट नयाँ प्रस्तावित कार्यक्रमका लागि रकमान्तर गरेको जानकारी दिए । रकमान्तर गरिएका याेजनामा अधिकाँश खानेपानीका रहेका छन् ।

पालिकाकाे गाउँ सभाबाट स्वास्थ र वातावरण तथा प्राकृतिक स्राेत सम्बन्धि विधेयक सर्बसम्मत रूपमा पास भएकाे छ । त्यस्तै गरि गाउँसभाले कावासाेतीकाे डण्डाबाट झ्यालबास र झ्यालबासबाट सदरमुकाम कावासाेती जाने सडकका दुबै तर्फका रूख र अवराेधहरू हटाउने सार्वजनिक महत्वकाे प्रस्ताव समेत पास गरेकाे छ ।

संसदकै झल्को दिने गरि संचालित गाउँ सभाकाे सुन्य समयमा जनप्रतिनिधिहरु राेशन थापा, रूक्मागत भुर्तेल,पदम बहादुर क्षेत्री,छाम बहादुर साेमै,तारा बहादुर कार्की र अमर बहादुर बिकले जरूरी सार्वजनिक महत्वकाे कुरा उठाएका थिए ।

गाउँ सभामा उठेका महत्वपूर्ण विषयलाई निर्णय सहित कार्यान्वयनको मार्गमा लैजाने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गरेकी थिईन । गाउँ सभाको उदघाटन गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे र उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित : २०७७ जेठ १ गते ७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI