देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि , संक्रमित व्यक्ति नवलपुर आएका छैनन्

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते १२:३६
देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि , संक्रमित व्यक्ति नवलपुर आएका छैनन्

नवलपुर/जेठ १
पूर्वी नवलपरासीस्थित देवचुलीका एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली १२ का एक जना ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ ।

भरतपुरको कोरोना ल्यावमा संक्रमण पुष्टी भएका व्यक्ती नवलपुर नआएको खुलेको छ । आज बिहान उनमा संक्रमण देखिएको हो । उनलाई अहिले आइसोलेसनमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार संक्रमित व्यक्ति भारतको कोलकाता बाट रक्सौल हुदैं चितवन आईपुगेका थिए । मालबाहक ट्रकहरु चढ्दै उनि आएको खुलेको छ । उनि नवलपुर भने प्रवेश गरेका थिएनन् । उनि बुधबार चितवन आईपुगेका हुन् ।

प्रकाशित : २०७७ जेठ १ गते १२:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI