जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते १७:२०

१ जेठ, काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप सचिव उमाकान्त अधिकारीले  भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबार बाट खारेज गरिसकेको छ ।

प्रकाशित : २०७७ जेठ १ गते १७:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI