No ads found for this position

मध्यबिन्दु नगरपालिकाद्वारा लकडाउनमा कडाइ,नगर प्रवेशमा पुर्ण बन्देज।

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते १७:४४
No ads found for this position
No ads found for this position

बिष्णु गौडेल, नवलपुर

देशभर कोरोना भाइरसको संक्रमित बढिरहेको बेला मध्यविन्दु नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ।
मध्यविन्दु नगरपालिकामा वसेको विपद् व्यवस्थापन समितीको वैठकले जेष्ठ १ गते राति देखि ५ गते राति १२ वजे सम्म लकडाउनलाई पुर्ण कडाईका साथ लागु गर्ने निर्णय गरेको छ।
कारोना भाइरसको रोकथामका लागि शुक्रवार देखि आगामी ५ गते सम्म मध्यविन्दु नगरकार्यपालिका कार्यालय सहित सम्पुर्ण वडा कार्यालयहरु वन्द गरिने भएको छ।
मध्यविन्दु नगरपालिकाको स्वास्थ्य र पशु सेवा शाखा वाहेकका अन्य सम्पुर्ण शाखाहरु वन्द गरिने निर्णय गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले बताउनु भयो।
त्यसैगरी अन्य पालिका र जिल्ला वाट मध्यविन्दु नगरपालिका प्रवेशमा पुर्ण बन्देज लगाइने भएको छ। पुर्व पश्चिम राजमार्ग वाहेक अन्य सहायक सडकहरुमा एम्बुलेन्स, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी वाहेकका कुनै पनि यातायातको साधन सञ्चालनमा पुर्ण वन्देज लगाइएको छ।
मध्यविन्दु नगरपालिका भित्र संचालित खाद्य पसलहरू दैनिक बिहान ७ देखि ९ बजे सम्म मात्र खुल्न पाउने भएका छन् भने नगर भित्र संचालित सम्पूर्ण वित्तिय संस्था, सहकारी, बैंकहरु, खानेपानी संस्थान, सामुदायिक वनहरुको कार्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरुको कार्यालय लगायत अन्य कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनु भयो।

प्रकाशित : २०७७ जेठ १ गते १७:४४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI