देवचुलीका कोरोना संक्रमित चढेको ना ३ ख २६२०को ट्रकको खोजी सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते १९:१२
देवचुलीका कोरोना संक्रमित चढेको ना ३ ख २६२०को ट्रकको खोजी सुरु

नारायण शर्मा/ १ जेठ
भारतको कलकत्तावाट चितवनको भरतपुर आएकापुर्वी नवलपरासीका कोरोना संक्रमित पुरुष चढेको ना ३ ख २६२० नम्बरको ट्रक खोजि शुरु भएको छ ।  पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले नेपाली सिमानावाट उनि चढेको ट्रक नम्बर जानकारी पाएपछि खोजि गरिहेको जानकारी दिए । ति ब्यत्ति चितवनको भरतपुर स्थित पारस बसपार्कमा राति साढे १० बजे झरेका थिए । त्यहावाट त्यो ट्रक सोझै काठमाण्डौ गएको भन्ने जानकारीका आधारमा खोजि शुरु भएको हो ।

ट्रकमा चालक सहित को को थिएभन्ने खुलेको छैन । चालकलाई समेत कोरोना संक्रमण हुने जोखिम उच्चभएकाले खोजिकार्य तिब्र पारिएको जानकारी दिए । ति चालक कहा कहा झरे र के के गरे , को कस्लाई भेटे भन्ने जानकारी लिन र उनको स्वाब परिक्षण गराउन खोजिगरिएको हो । गाडिमा अरु को को थिए भन्ने खुलेको छैन ।

सबै ट्रक ब्यबसायि समिति र र नाकामा खोजि तिब्र पारेपनि बिहिवार सम्मकुनै पत्तो नपाइएको उनले बताए । मंगलवार राति भरतपुरवाट त्यो ट्रक काठमाण्डौका लागि हिडेको जानकारी छ । भारतको कलकत्तास्थित एक अर्ध सरकारी कार्यालयमा कार्यरत देबचुली नगरपालिका वडा नम्बर १२ लक्ष्मीपुरका ति ब्यक्ति गत मंगलवार त्यहि ट्रकमा चढेर भरतपुर सम्म आएका थिए ।

उनका छिमेकी चिकित्सकले उनि आउदै गरेको जानकारी पाएपछि राति ११ बजे उनलाई भरतपुर मा झारेर कोभिड १९ प्रयोगशालामा पठाएका थिए ।

उनको बुधवार स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो । उनका छिमेकि एक चिकित्सकले आउदा आउदै चितवनको भरतपुरमै रोकेर भरतपुर कोरोना बिषेश अस्पतालमा स्वाब टेष्ट गर्न लगाएकाथिए । उनि भरतपुरमै बसेका छन । उनि घर आएका छैनन । उनि कलकत्तामा अर्ध सरकारी कार्यालयका जागिरे हुन् ।

प्रकाशित : २०७७ जेठ १ गते १९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI