तरुणदल गैँडाकोटद्धारा मौलाकालिकामा वृक्षारोपण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते २०:५६
तरुणदल गैँडाकोटद्धारा मौलाकालिकामा वृक्षारोपण

गैँडाकोट, १ जेठ । नेपाल तरुण दल गैँडाकोट नगर समितिले बिहिबार बृक्षारोपण गरेको छ । मौलाकालिका मन्दिर परिसर आसपासका क्षेत्रमा ५१ वटा विभिन्न प्रजातिका वृक्षहरुको वृक्षारोपण गरेको हो ।


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष ओम सापकोटा, गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य  गणेश सापकोटा, गैँडाकोट १ का पार्टी सभापति शिवराज काफ्ले, गैँडाकोट २ का पार्टी सभापति इश्वर रिमाल, जलुके खानेपानी संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसे, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा लगायतका सामाजिक व्यक्तिहरुको उपस्थितिमा वृक्षारोपण गरिएको तरुण नगर सभापति हरिराम सापकोटाले जानकारी दिनुभएको छ ।

प्रकाशित : २०७७ जेठ १ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI