पूर्व राजा ज्ञानेन्द्र शाहले पासका लागि दिएको निवेदन गृहमा अड्किएपछि…

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते २१:५२
पूर्व राजा ज्ञानेन्द्र शाहले पासका लागि दिएको निवेदन गृहमा अड्किएपछि…

काठमाडौं, १ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह अहिले झापामा छन् । उनी पत्नी कोमल शाहसहित झापामा रहेको र फर्कन चाहेको बुझिएको छ ।

सरकारले आजबाट सबै पास रद्द गर्ने निर्णय गरेपछि शाहले आज पासका लागि निवेदन दिएको उनका सहयोगीले जानकारी दिएका छन् । ‘आज पासका लागि निवेदन गएको हो जवाफ आएको छैन,’ उनका एक सहयोगीले रिपोर्टर्स नेपाललाई भने ।

जिल्ला प्रशासन कार्यालय झापामा पासका लागि निवेदन दिएपनि अर्को जिल्लाको पनि पास चाहिने हुँदा पूर्व राजाको निवेदन गृह मन्त्रालय पुगेको छ । मन्त्रालयबाट निर्णय भएपछि मात्र उनले पास पाउने नपाउने टुंगो लाग्नेछ ।

झापामा कोरोना भाइरसको संक्रमण बढेपछि शाह फर्कने तयारीमा रहेको बुझिएको छ । उनका सहयोगीका अनुसार पास भोलिसम्ममा पाइने जानकारी आएको र आइबार फर्कने तयारी भएको छ ।

प्रकाशित : २०७७ जेठ १ गते २१:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI