भूमिको क्यालेण्डर फोटो भाइरल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते २२:५१
भूमिको क्यालेण्डर फोटो भाइरल

बलिउड अभिनेत्री भूमि पेडनेकर सशक्त भूमिका निभाउनका लागि परिचित मानिन्छिन् । भूमीले शुभ मंगल सावधान, दम लगाके हइसा, ट्वाइलेट एक प्रेम कथा, बाला लगायतका चलचित्रमा दर्शकको मन जित्ने गरी अभिनय गरिसकेकी छिन् । उनी चाँडै नै प्रदर्शनमा आउने दुर्गावतीमा पनि काम गर्दैछिन् । त्यस्तै, भिकी कौशलसँगै चलचित्र भूतमा पनि देखापर्दैछिन् । यसपटक भने उनको चर्चा चलचित्र अभिनयवाट भन्दा एक फोटोसुटबाट भैरहेको छ । भूमीले सेलिब्रेटी फोटोग्राफर डब्बो रतनानीको सन् २०२० को क्यालेण्डरका लागि एक फोटोसुट गराएकी छिन् । उक्त फोटोसुटमा उनलाई टपलेस जस्तै देखाईएको छ ।  उनले गरेको फोटोसुटमध्ये यो फोटोलाई अहिलेसम्मको सवैभन्दा ‘हट’ र ‘बोल्ड’ मानिएको छ । तस्वीरमा भूमि टपलेस शैलीमा बाथटबमा सुतिरहेको देखिन्छ । उनले आफ्नो लुक्सलाई सेक्सी बनाएकी छिन् । डव्वो रतनानी बलिउडमा ग्ल्यामर फोटोग्राफीमा निकै लोकप्रिय रहेका छन् । डब्बोले प्रत्येक बर्ष बलिउडका सेलिब्रेटीहरुको फोटोसुट गरेर क्यालेण्डर रिलीज गर्दै आएका छन् । उनको क्यालेन्डरमा आउने चाहना धेरै सेलिब्रेटीहरुले राख्ने गर्छन् ।

प्रकाशित : २०७७ जेठ १ गते २२:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI