विश्वभर कोरोना भाईरसको कारणले मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते ०:४८
विश्वभर कोरोना भाईरसको कारणले मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख १ हजार ५ सय ५८ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४४ लाख ९० हजार  ९ सय ५८ पुगेको छ ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ८६ हजार ४० जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितहरुको कूल संख्या १४ लाख ४१ हजार ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १० हजार ७ सय ७ जना नयाँ संक्रमित देखिएका छन् भने ८ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार १ सय ५१ जना संक्रमित देखिएका छन् । त्यहाँ पछिल्ला चौबिस घण्टामा ३ हजार ४ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् भने ४ सय २८ जनाको मृत्यु भएको छ ।

उता, रसिया कूल संक्रमितहरु को संख्यामा संख्या २ लाख ५२ हजार २ सय ४५ रहेको छ भने मृतकको संख्या २ हजार ३ सय ५ रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९ सय ७४ जना नयाँ संक्रमित देखिए भने ९३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, स्पेन कूल संक्रमितहरुको संख्यामा अमेरिकाभन्दा दोश्रो स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या भने कूल २७ हजार ३ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७ सय ९३ जनाको मृत्यु भएको छ भने ६५ हजार ३ सय २ जना नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म विश्वभर १६ लाख ९० हजार ६६९ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् ।

प्रकाशित : २०७७ जेठ २ गते ०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI