No ads found for this position

नेपालमा २० देखि ५० वर्ष उमेर समुहका व्यक्तिमा कोरोना संक्रमण अत्यधिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते ७:२४
No ads found for this position
नेपालमा २० देखि ५० वर्ष उमेर समुहका व्यक्तिमा कोरोना संक्रमण अत्यधिक
No ads found for this position

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर सम्मकालाई धेरै सङ्क्रमण भएको बताएको छ। कोरोना भाइरससम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २० देखि ५० वर्ष समूहका सङ्क्रमित अत्यधिक रहेको बताउनुभयो ।

उहाँले जुनसुकै उमेर समूह पनि सङ्क्रमणको जोखिममा रहेकाले सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो।

प्रवक्ता डा. देवकोटाले माघ १४ गतेबाट हालसम्म पीसीआरबाट २२ हजार ६६४ र आरडीटीबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण भएको जानकारी दिनुभयो। उहाँका अनुसार पीसीआरमार्फत बिहीबार मात्र एक हजार ३६३ जना र आरडीटीबाट दुईहजार आठ परीक्षण भएको बताउनुभयो।

उहाँले क्वारेन्टाईनमा १५ हजार ६०० जना बसिरहेको बताउनुभयो। काठमाडौंँमा छ र बाहिर २६६ जना गरी देशभर २७२ जना आइसोलेसनमा रहेको उल्लेख गर्नुभयो।

उहाँले हालसम्म कर्णाली प्रदेशबाहेक अरु छवटा प्रदेशका २२ जिल्लामा सङ्क्रमण देखिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार कुल सङ्क्रमितमध्ये पर्सा जिल्लामा ८५, कपिलवस्तुमा ३९, उदयपुर ३२, रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौँ ६, कैलाली ४, रौतहट ३, बारा ३, बाग्लुङ, चितवन, महोत्तरी, भक्तपुर, धनुषा, नवलपरासी, झापा, र सर्लाहीमा दुई दुई जना, सप्तरी, भोजपुर, कञ्चनपुर, धादिङ र बर्दियामा एक एकजना गरी कुल २४६ पुगेको छ।

प्रकाशित : २०७७ जेठ २ गते ७:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI