एकै दिनमा विश्वभर ५ हजार ३१७ कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते ७:४७
एकै दिनमा विश्वभर ५ हजार ३१७ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभरमा ५ हजार ३१७ को ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा २४ घण्टामा १ हजार ७१५ कोरोना संक्रमितको ज्यान गएको छ ।

ब्राजिलमा ८३५, बेलायतमा ४२८, स्पेनमा २१७, इटलीमा २६२ तथा फ्रान्समा ३५१ संक्रमितको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।

हालसम्म ३ लाख ३ हजार ३ सय ४५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ  भने ४५ लाख २४ हजार८ सय ५६ मा कोरोना संक्रमण देखिएको छ।

हाल विश्वभर २५ लाख १७ हजार ७६९ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको मध्यम रहेको छ ।

१७ लाख ३ हजार ७४२ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : २०७७ जेठ २ गते ७:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI