आजको मौसम : चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते ८:१३
आजको मौसम : चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।

पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रहने तथा बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा शुक्रबार राति पनि मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित : २०७७ जेठ २ गते ८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI