No ads found for this position

सुनचांँदी व्यवसायीद्धारा दैनिक २५० जनासम्मलाई खाना

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते ८:१८
No ads found for this position
सुनचांँदी व्यवसायीद्धारा दैनिक २५० जनासम्मलाई खाना
No ads found for this position

चैत्र २९ गतेदेखि विपन्न, बेसाहारालाई सुनचांँदी व्यवसायहरुले बिहीबार ३४ औं दिनसम्म पनि खाना खुवाउने अभियानलाई निरन्तरता दिएका छन।

आफ्नै व्यवसाय धराप र मारमा परिरहेका बेला मानवीय धर्म पूरा गर्ने उद्धेश्यले उनीहरुले खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन । उद्योग वाणिज्य संघ। चितवनको परिषरमा व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई दैनिक एकछाक खाना खुवाउंँदै आएका छन । लकडाउनको समयमा एकछाक खाना खानसमेत नपाएर भौतारिएका , विपन्न, बेसाहारा, मजदुर सडक बालबालिकाहरुलाई खाना खुवाउंँदै आएको सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताउनु भयो । “लकडाउनको समयमा हरेक मजदुर,बेसहाराको रोजी रोटी खोसिएको छ , उनीहरुको पीडामा मलम लगाउने उद्धेश्यले हामी यो अभियान शुरु गरेका हौं ।’ केन्द्रीय उपाध्यक्ष रामुदामुले भन्नुभयो । उहांँका अनुसार दैनिक २५० जना सम्मलाई खाना खुवाईदै आएको छ ।

व्यवसायीहरु आफै पीडामा रहेर पनि यस अभियानलाई निरन्तरता दिन पाउंँदा आफूहरुलाई आनन्द मिलेको उहांँले बताउनुभयो । ‘खान पुगोस, दिन पुगोस, अभियानका संयोजक समेत रहेका रामुदामुले भन्नुभयो, मानव सेवा जस्तो धर्म अरु छैन ।’ हालसम्म ५ हजार ७ सय ४५ सेट खुवाईसकिएको छ भने लकडाउन अवधिभर यो कार्यलाई निरन्तरता दिइने संयोजक रामुदामुको भनाई छ । नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान शुरु गरिएको हो । यो अभियान लकडाउनको अवस्था, समय अनुसार परिमार्जित हुने बताईएको छ ।

राज्यले समेत त्यस्ता व्यक्तिहरुलाई वेवास्ता गरिरहेको बेला व्यवसायीहरुले व्यवसायीक धर्म निर्वाह गर्ने उद्धेश्यले खाना खुवाउने अभियान शुरु गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष , चितवन चेम्बर अफ कर्मसका सदस्य युवा उद्यमी रुवीन रामुदामुले बताउनु भयो । ‘यतिबेला राज्यसमेत ती वर्गप्रति बेखबर छ, महामारीको बेला सहयोग गर्नु हाम्रो दायित्व पनि हो । यसले समाजमा सकारात्मक सन्देश पनि जाओस ।’ युवा उद्यमी रामुदामुले भन्नुभयो ।

चितवनमा हालसम्म लगातार ३४ दिनसम्म खाना खुवाउने अभियानलाई सुनचांँदी सम्बद्ध व्यवसायीहरुले निरन्तरता दिदै आएका हुन । हाल शहर केन्द्रीत रहेर नारायणगढमा खाना खुवाईने गरेपनि दैनिक त्यस्ता व्यक्तिहरुको संख्या बढ्दै गईरहेको संघका कोषाध्यक्ष निलेमान शाक्यले बताउनु भयो । ‘पहिलो दिनमा सय जनाको हाराहारीमा मात्र थिए,कोषाध्यक्ष शाक्यले भन्नुभयो , अहिले दैनिक २ सय ५० जनासम्मले खाना खाएका छन ।’ उहांँका अनुसार दैनिक व्यवसायीहरु खटिएर कोरोना सुरक्षा मापदण्ड अपनाई खाना खुवाईएको छ । यो अभियान जेठ ५ गतेको लकडाउन सम्म हुदैछ ।

प्रकाशित : २०७७ जेठ २ गते ८:१८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI