थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते ८:३३
थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५८

शुक्रवार विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ र बाँके जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुर निवासी ३७ बर्षीय १ पुरूषमा र बाँके जिल्ला नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षीय ८ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ २ गते ८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI