विनोद चौधरीको नेतृत्वमा लगानी,पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते १४:०५
विनोद चौधरीको नेतृत्वमा लगानी,पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन

२ जेठ । नेपाली कांग्रेसले उद्योगी एंव सांसद विनोद चौधरी लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेको छ ।

कांग्रेसले शुक्रबार उद्योगपति चौधरीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन गरेको हो । समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य रहेका छन् ।

वैशाख १७ मा सम्पन्न केन्द्रीय समितिको बैठकले कोरोनाले देशका विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी त्यसका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो । सभापति देउवाले सोही निर्णयअनुसार ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित : २०७७ जेठ २ गते १४:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI