नवलपुर जिल्लामा शुक्रबार २० जनाको स्वाब संकलन, रिपोर्ट शनिवार सम्म आउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते १६:५६
नवलपुर जिल्लामा शुक्रबार २० जनाको स्वाब संकलन, रिपोर्ट शनिवार सम्म आउने
STAVROPOL, RUSSIA - MARCH 4, 2020: An employee showing a COVID-19 coronavirus testing system at a polymerase chain reaction laboratory at the Stavropol Territory Center of Hygiene and Epidemiology. Alexander Pogozhev/TASS Ðîññèÿ. Ñòàâðîïîëü. Äåìîíñòðàöèÿ òåñò-ñèñòåìû, ïðåäíàçíà÷åííîé äëÿ äèàãíîñòèêè êîðîíàâèðóñà, â ëàáîðàòîðèè ÏÖÐ Ñòàâðîïîëüñêîãî Öåíòðà ãèãèåíû è ýïèäåìèîëîãèè. Àëåêñàíäð Ïîãîæåâ/ÒÀÑÑ

नवलपुर जिल्लामा शुक्रबार २० जनाको स्वाब संकलन गरिएको छ।

दुई दिन अघि भारतबाट आएका २१ जना मध्ये २ जना कावासोती र १ जना देवचुलीको सहित शुक्रबार २० जनाको स्वाब संकलन गरिएको र परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए।

संकलित स्वाव भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशाला पठाइएको छ। रिपोर्ट शनिबारसम्ममा आउन सक्ने चापागाईले जानकारी दिए।

२० जनामा चापागाईका अनुसार गैडाकोटका ३ जना, देबचुलीका १२ जना, बिनयीत्रिबेणीका २ जना र कावासोतीका ३ जनाको स्वाव परीक्षणका लागि नमूना लिईएको हो।

उनीहरु भारतका साथै वीरगञ्ज, धनुषा, कपिलवस्तु, काठमाडौं लगायतका क्षेत्रबाट आएकाहरु हुन्।

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ल्याएर उनीहरुको नमूना संकलन भएको हो।
आज शुक्रवार नमूना संकलन भएका उनीहरुमध्ये २ जनालाई जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको छ भने बाँकीलाई स्थानीय सामुदायिक क्वारेन्टाईन र होम क्वारेन्टाईनमा पठाईएको जनाईएको छ।

यसअघि परीक्षण भएका यहाँका ९८ स्वावमध्ये ९७ नेगेटिभ थिए भने बुधवार परीक्षण भएको १ जनाको हिजो बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो। ती संक्रमित भरतपुर कोरोना अस्पतालको आईशोलेशनमा स्वास्थ्यकर्मीको निरीक्षणमा छन् ।

प्रकाशित : २०७७ जेठ २ गते १६:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI