२ जेठ, काठमाडौं । सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको जानकारी दिएकि हुन् ।उनका अनुसार हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बिमा गरिएको छ ।आधारभूतबाहेकका स्वास्थ्य सेवाहरू क्रमशः थप गरिँदै लगिने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रकाशित : २०७७ जेठ २ गते १८:००
No ads found for this position
Facebook Comment