अब भोकै कोही पर्दैन भोकले कोही मर्दैन: राष्ट्रपति

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते १८:१०
अब भोकै कोही पर्दैन भोकले कोही मर्दैन: राष्ट्रपति

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।’ सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरिने बताउँदै वैदेशिक रोजगारमा गएकालाई समेत सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने बताइन् । उनले श्रम गर्न नसक्ने अपांग तथा अशक्त नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था गरिने बताइन् ।
गरिवीको अन्त्य लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताइन् ।

प्रकाशित : २०७७ जेठ २ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI